डा.केसीले प्रधानमन्त्री ओलीलाई भने माग पूरा नभए फेरि अनशन बस्छु - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

डा.केसीले प्रधानमन्त्री ओलीलाई भने माग पूरा नभए फेरि अनशन बस्छु



काठमाडौं,। प्रधानमन्त्री केपी शर्मा ओली र डा गोविन्द केसीबीच शनिबार अपरान्ह छलफल भएको छ । गएको साउन १० गते आफूसँग भएको ९ बुँदे सहमति कार्यान्वयनमा सरकार उदासिन देखिएपछि डा केसी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

भेटवार्तामा विगतमा भएको सहमति र त्यसको कार्यान्वयन प्रक्रियाका बारेमा छलफल भएको बताइएको छ । साथै प्रधानमन्त्री ओली यसअघि भएको सहमति कार्यान्वयन गर्ने आश्वासन दिएका छन् । र सहमति कार्यान्वयनमा सरकारको प्रतिबद्ध जनाएका छन् ।

डा केसी चिकित्सा शिक्षा विधेयकमा तोडमोड गरेको भन्दै अध्यादेश बमोजिम चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्न माग गर्दै गएको असार १६ गते जुम्लाको कर्णाली विज्ञान प्रतिष्ठानमा १५ औं पटक अनशन बसेका थिए । केसीको स्वस्थ्य अवस्था विग्रिएपछि सरकारले बल प्रयोग गरि काठमाडौं ल्याएको थियो । र २७ लामो अनशन ९ बुँदे सहमति पत्रमा हस्ताक्षरपछि साउन १० गते डा केसीले तोडेका थिए ।

तर सहमति भएको १५ दिन वितिसक्दा पनि सरकारले सहमति कार्यान्वनमा चासो नदेखाएपछि डा केसी प्रमुख सहयोगी डा अभिषेक सिंहसहित प्रधानमन्त्रीलाई भेटन् गएका थिए । डा सिंह केसी वार्ता टोलीका संयोजक हुन । सहमतिका बुँदामा कतिपय काम १५ भित्र गर्ने भनिएको छ । तर अहिलेसम्म डा केसी सँग भएका सहमति कार्यान्वयनका लागि सरकारले सिन्कोसम्म नभाचेको केसी पक्षको आरोप छ ।

बालुवाटारबाट बाहिरिने क्रममा डा. केसीले भने, ‘प्रधानमन्त्रीसँग पहिले पनि भेट भएको थियो । अहिलेको भेट र त्यो भेटमा खासै केही फरक पाइन । तर सहमति कार्यान्वयन हुने आश्वासन दिनुभएको छ । म पनि आशावादी छु ।’

माग पूरा नभए फेरि अनशन बस्ने जानकारी प्रधानमन्त्रीलाई गराएको डा केसीले बताए । जवाफमा प्रधानमन्त्री ओलीले फेरि अनशन बस्नु पर्ने अवस्था नआउने बताएको बैठकमा सहभागीले जानकारीले दिएका छन् ।