डाक्टर केसीलाई बोकेरै काठमाडौ ल्याई वार्ता गर्ने ओलीको तयारी - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

डाक्टर केसीलाई बोकेरै काठमाडौ ल्याई वार्ता गर्ने ओलीको तयारी



काठमाडौं। जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीलाई स्वास्थ्य उपचारको लागि काठमाडौं ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
तर डाक्टर केसी भने अहिले काठमाडौं आउने चाहँदैनन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले केसीका माग सम्बोधन गर्न आफू तयार रहेको बताउँदै वार्ताको लागि केसी काठमाडौं आउनुपर्ने अडान लिएका छन् ।

आजमात्रै डाक्टर केसीलाई काठमाडौं ल्याउने उद्देश्यले नेपाली सेनाको हेलिकोप्टर लैजाने तयार गरिएको थियो।

सरकारले वार्तामा चासो नदेखाएका कारण डा केसी काठमाडौं आउन मान्ने सम्भावना कमजोर रहेको केसी पक्षधरले जिकिर गरेको छ ।

उता प्रधानमन्त्री ओली भने केसीलाई बोकेरै काठमाडौं ल्याउने अनि वार्ता गर्ने मनशायमा पुगेका छन् ।