डा. केसीले भने: गोपाल पराजुलीको नियुक्ति नै बदर गर्नुपर्छ

त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नियुक्ति नै बदर गर्न माग गरेका छन् ।
सर्वोच्चले पराजुलीको नागरिकता र शैक्षिकप्रमाणपत्रका प्रतिलिपिहरु उपलब्ध गराएपछि डा. केसीले शनिबार पत्रकार सम्मेलन गरेर पराजुलीको नियुक्ति बदरसहित पाँचबुँदे माग अघि सारेका छन् ।
सर्वोच्चले दिएको कागजात र विभिन्न सञ्चार माध्यामहरुमा आएको तथ्यका आधारमा पराजुलीका चार अलगअलग जन्ममिति भेटिएको तथा प्रवेशिका वा सो सरहको परीक्षा पास गरेको चारित्रिक प्रमाणपत्र नै पेश नगरी अध्ययन गरेको तथा न्यायाधीश नियुक्त भएको देखिएको डा. केसीले बताए ।
धेरै ठाउँमा प्रवेशिका परीक्षा फेल भएको चितवनको ट्रान्सकिप्ट नै पेश गरेको भन्दै डा. केसीले वीरगञ्जबाट प्रवेशिका परीक्षा पास गरेको भनिएको शैक्षिक प्रमाणपत्रमाथि शंका व्यक्त गरेका छन् ।

