डाक्टर केसीको टिचिङ अस्पतालमा उपचार हुदै ,अवस्था अझै चिन्ताजनक  - Himal Post Himal Post
  • २२ पुष २०८१, सोमबार
  •      Mon Jan 6 2025
Logo

डाक्टर केसीको टिचिङ अस्पतालमा उपचार हुदै ,अवस्था अझै चिन्ताजनक 



काठमाडौं । इलाममा ९ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारका लागि शुक्रबार बिहान ३ बजे काठमाडौं ल्याइएको छ ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई सेनाको नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।

बिहिबार राति इलाम अस्पतालबाट उनलाई भद्रपुरसम्म एम्बुलेन्समा ल्याइएको थियो । इलाममा हेलिकोप्टर ल्याण्ड गर्न असम्भव भएपछि भद्रपुरबाट उनलाई काठमाडौँ ल्याइएको उनका सहयोगीले बताएका छन् ।

उनको अहिले त्रिवि शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जमा आईसियुमा उपचार भइरहेको छ । उनको अबस्था चिन्ताजनक नै रहेको उनी निकट स्रोतले जनाएको छ ।

चिकित्सा शिक्षा विधेयकमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै केसी १६ औं अनसनमा बसेका हुन् ।