डा. केसीको समर्थनमा कैलालीको बौनियामा र्‍याली  - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

डा. केसीको समर्थनमा कैलालीको बौनियामा र्‍याली 



गोविन्द बीसी / बौनिया ।
चिकित्सा शिक्षामा सुधारका लागि १५ औं पटक अनसनरत डा. गोविन्द केसीको माग सम्वोधन गरी उनको जीवनरक्षाका लागि अग्रसरता लिन यूवा दबाब समूहले सरकार संग माग गरेका छन् ।

कैलाली बर्दगोरिया गाउँपालिका-१ बौनिया बजारमा सोमबार आयोजित हस्ताक्षर संकलन अभियानमा उनीहरुले यस्तो माग गरेका हुन् । डाक्टर केसीले उठाएका स्वास्थ्य क्षेत्रका मुद्धाहरु नागरिकको पक्षमा रहेको भन्दै उनीहरुले दवाब स्वरुप कार्यक्रम गरेका छन् ।

केसीको समर्थनमा हस्ताक्षर संकलन गरि प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई बुझाउने कार्यक्रम तय गरिएको अभियानमा सहभागी ललित जैशीले बताए ।
केसीको समर्थनमा आम नागरिक समाजको समर्थन रहेको भन्दै सरकारको उदासीनता कारण केसीको जीवन जोखिममा रहेको उनले बताए ।

अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा एक्यवद्धता जनाउदै बौनियामा बर्दगोरिया यूवा दबाब समूहले हस्ताक्षर संकलन अभियान गरेको बताइएको छ । केसीको समर्थनमा कैलालीको लम्कीमा शनिबार हस्ताक्षर संकलन अभियान गरिएको थियो ।

अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाप्रति सरकार गम्भीर नभएको बताउदै तत्काल माग सम्बोधन गर्न उनीहरुले सरकारको ध्यानाकर्षण गराएको बताईएको छ । बौनिया चौराहाबाट बाट सुरु भएको प्रदर्शन बौनिया बजार परिक्रमा गरि पुन बौनिया चौराहमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने यूवा वक्ताहरुले डा. केसीको माग अनुसार चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने बताए । प्रदर्शनमा सहभागीहरुले चिकित्सा शिक्षा विद्ययक पारीत गर, सिटामोलमा हुने भ्रष्टाचारको अन्त्य गर, सधै छ हाम्रो डाक्टर केसीलाई साथ कति दिन टिक्छ तिम्रो अधिनायकवाद लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

कार्यक्रममा पेसागत स्वास्थ्यकर्मी, विद्यार्थी, शिक्षक, पेसाकर्मी र स्थानीयको सहभागिता रहेकोे थियो ।
केसीलेको समर्थन चौतर्फी सरकारको बिरोध भइरहदा समेत सरकार उदासीन हुनु दुखद भएको सहभागी लोकराज जैसीले बताए ।

कार्यक्रमको सञ्चालन जुनकीरी नेपाल बौनियाका सुनिल भण्डारीले गरेका थिए ।