डा.केसी यी तस्बिर देख्न नसकेपछि काठमाडौं आउन तयार भए - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डा.केसी यी तस्बिर देख्न नसकेपछि काठमाडौं आउन तयार भए



काठमाडौं– जुम्लामा आमरण अनसन बसेका प्राडा. गोविन्द केसी समर्थक र प्रहरीबीच झडप भएको छ । बिहीबार डा. केसीलाई काठमाडौं ल्याउन शिक्षा मन्त्रालयका  सचिव, कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेको थियो ।

त्यसक्रममा अनसनस्थलमा सरकारी टोलीलाई केसी समर्थकले प्रवेश गर्न नदिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । झडपमा प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सकहरु घाइते भएका छन् । झडपका बेला अस्पताल परिसर युद्ध मैदानजस्तै भएको थियो ।  झडपमा एक प्रहरी जवान समेत घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको बताइएको छ । झडपपछि केसीले अस्पतालमा सरकारी धरपकडले थप समस्या आउने भन्दै बरु आफू काठमाडौ जान सहमत रहेको जनाएका थिए ।

रातोपाटीबाट