डा. गोविन्द केसी औषधी र कपडा बोकेर बारा पुगे - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

डा. गोविन्द केसी औषधी र कपडा बोकेर बारा पुगे



त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसी हावाहुरी प्रभावित बारा जिल्ला पुगेका छन् ।

हावाहुरीबाट घाइतेहरूको उपचार गर्न केसी बाराको फेटास्थित पुरनियाँ गाउँ पुगेका हुन् । उनले त्यहाँ स्वास्थ्य शिविर चलाउने छन् ।

पीडितलाई लत्ताकपडा र खाद्यान्न वितरण गर्नेछन् । केसी सोमबार रात्रीबस चढेर एक्लै बारा हिँडेका थिए । उनले विभिन्न प्रकारको औषधी बोकेका छन् । फेटा बाराको सबैभन्दा बढी हावाहुरी प्रभावित ठाउँ हो ।

केसीले सो क्षेत्रमा मंगलबार दिनभरि शिविर चलाउने भएका छन् । उनले हाडजोर्नी सम्बन्धी औषधी बढी बोकेका छन् । यस्तै, सिटामोल, पारासिटामोललगायत विभिन्न प्रकारका औषधी वितरण गर्ने छन् ।

आफ्नो व्यक्तिगत खर्चमा उनी हावाहुरी पीडितको उपचार गर्न गाउँमै पुगेका हुन् । सोमबार राति हावाहुरी आउँदा बारा र पर्सा जिल्लामा २८ जनाको मृत्यु भएको थियो ।

घटनामा तीन सय बढी घाइते छन् । घाइतेहरूको बारा र पर्साका विभिन्न अस्पतालहरूमा तथा काठमाण्डुस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।