दसैंको मुखमा डा. केसीको १२औं अनशन, सफल होला त यसपाली ? - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

दसैंको मुखमा डा. केसीको १२औं अनशन, सफल होला त यसपाली ?



काठमाडौँ:

प्रा डा गोविन्द केसीले पाँच सूत्रीय माग राखी पुनः सत्याग्रह  सुरु गरेका छन्। पत्रकार सम्मेलन गरी उनले आफ्नो १२ औँ अनशन सुरु गरेका हुन्।

सरकारले सोमबार व्यवस्थापिका–संसदबाट बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७४ लाई संशोधन नगरी पारित गर्न लागेको भन्दै उनले अनशन सुरु गरेका हुन्। यस अघि यही असोज २० गतेदेखि सत्याग्रह कार्यक्रम सुरु हुने भनिएको थियो ।

यसपाली डा. केसीले राखेका माग यस यस्ता छन :

 

मागमा माथेमा प्रतिवेदन र आफ्ना सुझावलाई समेत समावेश गरी चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने ।

सरकारले निर्धारण गरेअनुसार नै काठमाडौँ विश्वविद्यालयले एमबिबिएसको शुल्क लिनुपर्ने ।

त्रिविवि पदाधिकारीलाई पदबाट बर्खास्त गर्नुपर्ने ।

हालै बर्खास्त गरिएका नेपाल आयल निगमका कार्यकारी प्रमुखमाथि छानबिन गरी हिनामिना गरिएको भए सो रकम उसुलउपर गर्नुपर्ने ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन तत्काल सुरु हुनुपर्ने ।

देशका विभिन्न भागमा मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाउनुपर्ने ।

नेपाल चिकित्सक संघले उठान गरेका माग पूरा गर्नुपर्ने ।

यधपी यसअघि गरिएका माग पनि सरकारले पुरा नगरेको आरोप छ ।