डा. केसीको चेतावनी :माफिया सांसदहरुको नाम सार्वजनिक गर्छु - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

डा. केसीको चेतावनी :माफिया सांसदहरुको नाम सार्वजनिक गर्छु



असोज ८, काठमाडौं ।

चिकित्सा शिक्षामा सुधारको माग राख्दै एघारौँ पटक सम्म अनसन बसेका डा. गोविन्द केसीले ‘माफिया’को हित संरक्षण गर्ने सांसदहरुको नाम सार्वजनिक गर्ने अल्टिमेटम दिएका छन् ।

माथेमा प्रतिवेदनका मुख्य बुँदाहरुलाई हटाएर सिमित मेडिकल कलेज सञ्चालकको स्वार्थ अनुसार चिकित्सा शिक्षा विधेयक अघि बढाएको भन्दै डा. केसीले विरोध गरेका छन् । उनले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जनप्रतिनिधिहरुले आम नागरिकको स्वास्थ्यप्रति गर्न सक्ने योभन्दा ठूलो गद्दारी केही हुन सक्दैन ।’

उनले दलीय संरक्षणमा मौलाएको भ्रष्टाचार र लुटतन्त्र तथा शिक्षा ऐनमा भएको संशोधन अब आफ्नो निशानामा पर्ने बताएका छन् । डा. केसीले भनेका छन्,’भ्रष्टाचार प्रमाणित भकइसकेका गोपाल खड्का, चुडामणि शर्मा र डोलिन् शर्मा लगायत कसैले पनि अब उन्मुक्ति पाउने अवस्था हुनुहुँदैन ।’

अघि भनेका छन्, जनप्रतिनिधिको खोल ओढेर माफियाको हित संरक्षण गर्ने वा आफैं माफिया बनेकाहरुको अब नाम लिएर नंग्याउने बेला भएको हाम्रो ठहर छ ।’

डा. केसीले माथेमा प्रतिवेदन र आफ्नो सुझावअनुसार हुने गरी चिकित्सा ऐन पारित गर्न वा त्यसो नगरेमा त्यसको परिणाम भोग्न तयार रहन चेतावनी दिएका छन् ।

साथै गलत रुपमा ऐन पारित गर्ने प्रयास भएमा तत्काल र ऐन पारित गर्न ढिला गरिए पूर्वघोषणा अनुसार २० गतेदेखि आमरण अनसन बस्ने पनि बताएका छन् ।