चिसो भुँई र आकाशे छानो मुनि डा . केसीको अनसन जारी - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

चिसो भुँई र आकाशे छानो मुनि डा . केसीको अनसन जारी



काठमाडौं । अनसन बस्न जुम्ला पुगेका डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको थियो । निशेषित क्षेत्रमा अनसन बसेको भन्दै केसीलाई प्रहरीले नियत्रणमा लिएको थियो ।

तर ! पक्राउ परेपनि केसीले अनसन भने तोडेका छैनन् । केसीले आमरण अनसनलाई दोस्रो दिन पनि जारी राखेका छन् । पानी चुहिने, बत्ती नभएको अँध्यारो चिसो भुइँमा केसीले अनसनको पहिलो रात बिताएका छन् ।

शविबार दिउँसोबाट जुम्लामा उनले चिकित्सा क्षेत्रमा सुधार गर्नुपर्नेजस्ता ७ बुँदे माग राखेर जुम्लामा अनसन सुरु गरेका थिए । निशेधित क्षेत्रमा अनसन बसेको भनेर प्रहरीले नियत्रणमा लिए पनि केसी अहिले कभर्ड हलको चिसो भुइँमा अनसन बसिरहेको स्रोतले बताएको छ ।

अनसन स्थलमा पानी चुहिँने र अँध्यारो रहेको उनका सहयोगी किशोर केसीले बताएका छन् । उनले भने ‘अनसन स्थलमा पानी चुहिँदो रहेछ । रातभर अँध्यारोमा बस्यौं।’ उनले अनसन स्थलमा कम्तीमा बत्तीको व्यवस्था हुनुपर्ने माग गरका छन् । चिसो भुइँमाथि बस्दा पानी परिरहेको समय भएकाले चिसोका डाक्टर केसीको स्वास्थ्य छिटो बिग्रन्छ भन्दै उनले केसीको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरेका छन् । =

केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न खोज्दा निषेधित क्षेत्र जान नदिने भन्दै प्रहरीले बाटैबाट नियन्त्रणमा लिएको थियो । पक्राउ पछि उनले प्रहरी कार्यालय भित्रे अनसन सुरु गरेपछि उनलाई कभर्ड हलमा सारिएको थियो ।