डा. केसीको माग पुरा नगरे शिक्षामन्त्री बर्खास्त हुने - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

डा. केसीको माग पुरा नगरे शिक्षामन्त्री बर्खास्त हुने



काठमाडौं-

प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसी फेरि अनशन बस्नुपर्ने अवस्था आएमा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन् ।

चिकित्सा शिक्षासम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएको, काठमाडों नेसनल मेडिकल कलेजलाई दिईएको सम्बन्धन कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले चलखेल गरेको विषयमा ध्यानकर्षण गराउन विहीबार साँझ बालुवाटार पुगेका डा. केसीको टोलीले देउवाल तत्काल फोन गरेर शिक्षामन्त्रीलाई केसीका माग पुरा नगरे पदबाट बर्खास्त गर्ने चेतावनी दिएका हुन् ।, यो खबर आजको नागरिक दैनिकमा छ ।