डा. गोविन्द केसीले आजबाट सुरु गर्ने भनेको १५ औं कार्यक्रम स्थगित - Himal Post Himal Post
  • ९ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 21 2025
Logo

डा. गोविन्द केसीले आजबाट सुरु गर्ने भनेको १५ औं कार्यक्रम स्थगित



काठमाडौं । डा. गोविन्द केसीले आजबाट सुरु गर्ने भनेको १५ औं कार्यक्रम स्थगित गरेका छन् । उनले सोमबार भएको विमान दुर्घटनामा आफ्ना सहकर्मी र चिकित्सकहरुको मृत्यु भएको घटनाले आहत तुल्याएको भन्दै अनसन स्थगित गरेका हुन् ।

डा. केसीले मागहरु पूरा नभएको खण्डमा आगामी चैत ४ गतेदेखि सत्याग्रहको कार्यक्रम पुनः सुरु गर्ने विज्ञप्तिमा जनाएका छन् ।

यस्तो छ डा. केसीको विज्ञप्ति

प्रेस विज्ञप्ति

आदरणीय पत्रकार मित्रहरु
यही फागुन २८ गते त्रिभुवन विमानस्थलमा भएका त्रासद विमान दुर्घटनामा परी हाम्रा सहकर्मी चिकित्सकलगायत धेरै जनाको मृत्यू भएको घटनाले हामीलाई आहत तुल्याएको छ । यो दुखको घडीमा दिवंगत सबैप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै उहाँहरुका परिवारजनलाई धैर्य धारण गर्न क्षमता मिलोस् भन्ने कामना गर्दछौं ।

यस शोकको घडीमा हामीले आजदेखि शुरु गर्ने भनेको सत्याग्रहको कार्यक्रम स्थगित गरेका छौं । हाम्रा मागहरु पूरा नभएको खण्डमा आगामी चैत्र ४ गतेदेखि सत्याग्रहको कार्यक्रम पुनः शुरु गर्ने पनि घोषणा गर्दछौं ।

साथै यसैबीच सर्वोच्च अदालतका सम्मानित न्यायधीशहरुले भ्रष्ट र विवदित प्रधान न्यायधीश गोपाल पराजुलीलाई पद छाड्न सुझाव दिएकोमा त्यसको स्वागत गर्दर्छौं । साथै गोपाल पराजुलीको कार्यकाल महिनौंअगाडि सकिए पनि निज नैतिकता, मर्यादा र कानुनविपरीत अहिलेसम्म पदमा रहेको भनेर सर्वोच्च अदालतबाटै आएको आदेशले पनि हामीले बारम्बार भन्दै आएको कुरालाई पुनः पुष्टि गरेको छ । पराजुलीले सिर्जना गरेको विवादका कारण बन्धक बन्न पुगेको न्यायालयले बाँकी न्यायधीशहरुको सुझबुझ र उचित निर्णयको बलमा यो

संकट पार गर्नेछ र आफ्ना सबै गलत कामहरुका लागि पराजुली जवाफदेही बनाइनेछन् भन्ने विश्वास पनि हामीले लिएका छौं ।

डा. गोविन्द केसी