डा.गोविन्द केसीको समर्थनमा नेविसंघ पनि सडकमा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

डा.गोविन्द केसीको समर्थनमा नेविसंघ पनि सडकमा



काठमाडौं

प्राध्यापक डा.गोविन्द केसीलाई पक्राउ गरिएको विरोधमा नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रर्दशन गरेको छ ।

मंगलबार दिउँसो माइतीघर चोकमा नेवि संघले विरोध प्रदर्शन गरेको हो ।

केसी निष्ठा र इमान्दारिताका प्रतिमूर्ति भएको भन्दै उनको निसर्त रिहाई गरिनु पर्ने नेवि संघको माग छ ।

यसअघि सोमबार साँझ डा.केसी अदालतको मानहानी गरेको आरोपमा पक्राउ परेका थिए । केसीलाई पक्राउ गरेपछि रिहाइको लागि चौतर्फी बिरोध भईरहेको छ  ।

केसीको समर्थनमा मंगलबार बिहान पनि  माइतीघरमा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेसका युवा नेता गगन थापा , बिबेकसिल साझा पार्टीका, रबिन्द्र  मिश्र लगायत पुगेका थिए ।