डा एन्थोनी फाउची भन्छन: कोरोना संकट सबैभन्दा ‘खराब सपना’ - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

डा एन्थोनी फाउची भन्छन: कोरोना संकट सबैभन्दा ‘खराब सपना’



एजेन्सी- अमेरिकी कोरोना भाइरस विशेषज्ञ तथा ह्वाइट हाउसका स्वास्थ्य सल्लाहकार एन्थोनी फाउचीले हालसम्म कोरोना महामारी समाप्त नभएको बताएका छन्।

मंगलबार एक पत्रकार सम्मेलनमा बोल्दै फाउचीले कोरोना संकटलाई सबैभन्दा ‘खराब सपना’ भएको बताए।

उनले भने,‘चार महिनामा यसले विश्वलाई हल्लाएर राखेको छ। विश्वभरका लाखौं मानिस बिरामी छन्, लाखौं मरेका छन् त्यो पनि छोटो समयमा।’

कोरोनाको संक्रामक क्षमताका कारण र कोरोना संक्रमितले भ्रमण गरेकाले यो भाइरस विश्वभर फैलिएको उनको भनाइ छ।

उनले विश्वले चाँडै कोरोनाविरुद्धको खोप पत्ता लाग्नेमा पनि विश्वस्त तुल्याए। विश्वभर ७० लाखभन्दा बढी मानिसमा हालसम्म कोरोना पुष्टि भएको छ।

चार लाखभन्दा बढीले ज्यान गुमाएका छन्। फाउचीले हाल कोरोना प्रकोप नटरेकाले कोरोनाविरद्धको उपाय अपनाउनुपर्नेमा जोड दिए।