उपकुलपतिलाई नजरबन्दमा राख्नु लोकतन्त्रमाथिको प्रहार - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

उपकुलपतिलाई नजरबन्दमा राख्नु लोकतन्त्रमाथिको प्रहार



प्रजातन्त्रबादि प्राध्यापक सङ्घ नेपालको केन्द्रीय सचिव विष्णुप्रसाद पोखरेलले एक विज्ञप्ति जारी गरी नेपाल संस्कृत विश्वधिालयका उपकुलपति प्रा.डा कुलप्रसाद कोइरालालाई क्यानडाको ब्रिटिस कोलम्विया विश्वविधालयमा हुन लागेको १७ औ विश्व संस्कृत सम्मेलनमा भाग लिन जान लागेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रकाउ गरी प्रधानमन्त्री निवास बालुवाटारमा करिब २ घण्टा नजरबन्दमा राखेको, सम्मेलन मा भाग लिनवाट वञ्चित गरी नेपालको छवि समेत बिगारेको प्रति विरोध जनाउँदै सो कार्यबाट वर्तमान सरकारले लोकतन्त्रको उपहास गरेको छ विज्ञप्तिमा भनिएको छ ।

यही असार २५ देखि २९ सम्म हुने विश्व संस्कृत सम्मेलनमा विश्वविधालय जस्तो प्राज्ञिक क्षेत्रबाट भाग लिनु के अपराध हो? पूर्वीय दर्शन र साहित्यमा नेपालको प्रतिनिधित्व गरी नेपाललाई विश्व सामु चिनाउनु कुन तवरले गलत हो? उपकुलपतिले के अपराध गरेका थिए र विमानस्थलबाट एक एक अपराधीलाई जस्तो पक्राउ गरी २ घण्टा नजरबन्दमा राखियो ?

वर्तमान सरकारका अधिनायकवादी शैलीको एउटा रूप नेपालको संस्कृत र संस्कृत माथिको प्रहारहो। उपकुलपति कोइराला प्रजातन्त्रबादि प्राध्यापक सङ्घ समर्थक भएकै आधारमा विश्व संस्कृत सम्मेलनमा भाग लिनबाट बन्चित गरिनु र अपराधीलाई जसरी पक्राउ गरी नजरबन्दमा राख्नु लोकतन्त्रको उपहास हो ।यस किसिमका कार्यले लोकतन्त्रलाई कमजोर बनाउने छ । तसर्थ यस क्रियाकलापको घोर विरोध गर्दछौ।