डा भट्टराईले भने पशुपति शर्मालाई पुरस्कार दिनुपर्छ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

डा भट्टराईले भने पशुपति शर्मालाई पुरस्कार दिनुपर्छ



काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले चर्चित लोकदोहोरी गायक पशुपति शर्माको विवादित गीत ‘लुट्न सके लुट्’ बोलको गीतलाई दण्डित नभई पुरस्कृत गर्नुपर्ने बताएका छन् । जनसंवाद यात्राको क्रममा बाग्लुङ पुगेका डा.भट्टराईले आइतबार ट्वीट गर्दे उनले गीतलाई पुरस्कृत गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘गीतलाई दण्डित होइन पुरस्कृत गरियोस् । सरकारले सुतुरमुर्गे हर्कत नगरोस् ।’

डा.भट्टराईले पशुपति शर्माको ‘लुट्न सके लुट्’ गीतलाई धम्क्याएर अघोषित प्रतिबन्ध लगाइएको हो भने अत्यन्त गम्भीर विषय भएको बताए ।

अरुण बरालको ट्वीटलाई रिट्वीट गर्दे डा.भट्टराईले भने, ‘पशुपति शर्माको यो गीतलाई धम्क्याएर अघोषित प्रतिबन्ध लगाइएको हो भने अत्यन्त गम्भीर विषय हो ।’

डा.भट्टराईले जनसंवाद यात्राको क्रममा पाँचथरदेखि बाग्लुङसम्म आइपुग्दा सत्ताधारी दलका कार्यकर्तासम्मले भ्रष्टाभारविरोधी गीत गाएको बताए । उनले भने, ‘पाँचथरदेखि बाग्लुङसम्म आइपुग्दा सत्ताधारी दलका कार्यकर्तासम्मले भ्रष्टाचारविरोधी गीत गाइरहेको पाइयो ।’

गायक शर्माले शुक्रबार युट्युबबाट रिलिज गरेको गीत ‘लुट्न सके लुट्, नेपालमै हो छुट’ यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

गीत सरकारप्रतिको कडा व्यङ्ग्य भएकाले यसबारे शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा समेत चर्चा भएको खबर विभिन्न संचारमाध्यममा आएको थियो ।

सरकारको चर्को दवाबमा गायक शर्माले शनिबार आफ्नो युट्युब च्यानलबाट गीत हटाएका थिए ।

गीत हटाएपछि सामाजिक सञ्जालमा सरकारको हुँदै आएको छ । सरकारले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रमाथि ठाडो हस्तक्षेप गरेको दर्शक/श्रोताको भनाइ छ ।

गीतलाई प्रतिबन्ध लगाइएको भन्दै दर्शक/श्रोताले आइतबार माइतिघर मण्डलामा सरकारविरुद्ध प्रर्दशन गरेका थिए । राष्ट्रिय लोकदाहोरी प्रतिष्ठान नेपालले पनि विज्ञप्तिमार्फत् सरकारको आलोचना गर्दे गीतलाई पुनः जस्ताको तस्तै युट्युबमा राख्न गायक शर्मालाई आग्रह गरेको छ ।