चीनबाट फर्केर युवती पुगिन अस्पताल, डाक्टरहरुको भागाभाग - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

चीनबाट फर्केर युवती पुगिन अस्पताल, डाक्टरहरुको भागाभाग



एजेन्सी- कोरोना भाइरसको संक्रमणबाट भारतमा दुई जनाको मृत्यु भएको छ। कम्तीमा ८० जना भाइरसबाट संक्रमित छन्।

यस्तैमा उत्तर प्रदेशमा एक युवती कोरोना भाइरसको परीक्षणका लागि अस्पताल पुग्दा त्यहाँका डाक्टरहरु भागाभाग भएका छन्।

उत्तर प्रदेशको संतकबीरनगरमा चीनबाट फर्किएकी एक युवती परीक्षणका लागि सरकारी अस्पताल पुगेका थिए।

ती युवतीले आफू चीनको हुबेईबाट फर्किएको र २८ दिन सरकारको निगरानीमा बसेको भनेपछि डाक्टरहरु कुर्सी छाडेर भागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

ती युवती रुघाखोकी लागेपछि परीक्षण गर्न सरकारी अस्पताल पुगेका थिए। उनले चीनको हुबेई भनेपछि डाक्टरहरु भागेका थिए। चीनको हुबेई प्रान्त कोरोना भाइरसको उदगम स्थल हो।

डाक्टरहरु नै भागेपछि ती युवती घर फर्किएका थिए। पछि घरमै गएर स्वास्थ्यकर्मीले ती युवतीको परीक्षण गरेको थियो। परीक्षणको रिपोर्ट नेगेटिभ आएको एजेन्सीहरुले जनाएका छन्।

त्यस्तै भारतको बैंगलोरमा इटालीबाट हनिमुन मनाएर फर्किएका एक पुरुषमा कोरोना भाइरसको संकम्रण देखिएपछि उनकी श्रीमती उनलाई छाडेर माइती फर्किएको आजतकले आफ्नो समाचारमा उल्लेख गरेका छन्।