डीपीएलको तेस्रो संस्करणको मिति सर्यो - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

डीपीएलको तेस्रो संस्करणको मिति सर्यो



धनगढी प्रिमियर लिग डीपीएलको तेस्रो संस्करणको मिति सरेको छ । माघ १९ देखि फागुन ४ गतेसम्म धनगढीमा हुने भनिएको डीपीएलको तेस्रो संस्करण अब माघ २६ गतेदेखि फागुन ११ गते सम्म हुने छ ।

सोही समयमा नेपाल र युएई बिच एक दिवसीय तथा टि–२० खेल हुने भएकाले प्रतियोगितालाई एक हप्ता पछाडी सार्ने निर्णय भएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जानएको छ । यस्तै प्रतियोगिताका लागि हुने अक्सनमा सहभागि हुन अनलाईन फर्म भर्ने समय समेत एक हप्ताका लागि बढाएर पुस १७ गते सम्मका लागि थपिएको छ ।

पुस १२ गते गर्ने भनिएको अक्सन पुस १९ गते गरिने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए । प्रतियोगितामा देशका ६ वटा फ्रेन्चाइजी टोलीको सहभागिता रहने एकेडेमीले जनाएको छ ।

अध्यक्ष सुवाश शाहीका अनुसार डीपीएलको दोस्रो संस्करणमा सहभागी टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स टोलीलाई प्राथमिकता दिइनेछ ।

पहिलो संस्करणको डीपीएलको बजेट १ करोड ८२ लाख थियो भने दोस्रो संस्करण तीन करोडको लागतमा सम्पन्न भएको थियो । यस संस्करण देखि डीपीएल प्रस्तावित फाप्ला अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ । यसकालागी तयारी तिव्र पारीएको छ । यसअघि प्रतियोगिता हुँदै आएको संघीय इकाई प्रहरी कार्यालयको मैदानलाई वैकल्पिक मैदानका रुपमा तयार गरिने भएको छ ।