डोटीमा बस दुर्घटना हुँदा २४ घाइते , ६ जनाको अवस्था गम्भीर - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

डोटीमा बस दुर्घटना हुँदा २४ घाइते , ६ जनाको अवस्था गम्भीर



कैलाली । डोटीको जोरायल गाउँपालिका-२ छतिवनमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् भने घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटिले जनाएको छ ।

दार्चुलाबाट महेन्द्रनगर आउदै गरेको ना ५ ख ९११४ नम्बरको यात्रुबाहक बस बिहिवार राती करिब ३ बजेतिर अठासीमोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

घाइतेहरुको उद्धार गरी उपचारका लागि कैलालीका विभिन्न अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ । सडकबाट ६० मिटर तल खसेको बस दुर्घटनाको कारण भने खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।