डोटीमा कार दुर्घटना हुँदा ६ जना घाइते, दुईको अवस्था गम्भीर - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

डोटीमा कार दुर्घटना हुँदा ६ जना घाइते, दुईको अवस्था गम्भीर



डोटी । अत्तरिया-डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका-१ घण्टेश्वरको घोरडीमा कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

बुधबार बिहान डडेल्धुरादेखि धनगढीतर्फ आइरहेको से१च २३८८ नम्बरको कार दुर्घटनामा परेको घण्टेश्वर प्रहरी चौकी गैराबाट घटनास्थलमा खटिएका प्रहरी हवल्दार शम्भुसिं धामीले जानकारी दिए।

प्रहरीका अनुसार कारमा सवार चालकसहित ६ जना सबै घाइते रहेको छन्। चालक मानबहादुर थापाको खुट्टाको रड निकाल्न धनगढी गइरहेको कारमा चालकसहित ४ जनाको जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट सवारी पास दिइएको पाइएको प्रहरीले जनाएको छ।

कारमा दुई साना बालबालिका सवार रहेको र दुई जनाको सवारी पासमा नखुलाइएको बुझिएको छ। घटनामा परी घाइते हुनेमा चालक मानबहादुर थापासहित डडेल्धुराकै रामचन्द्र अवस्थी, रतन भण्डारी, आरनबहादुर थापा, एलिजा थापा र मान्धरी थापा रहेको जनाइएको छ। प्रहरीका अनुसार एलिजा र मान्धरीको अवस्था गम्भीर रहेको छ।

दुर्घटनाको कारण खुलेको छैन।