सभापति चयन गर्न दोस्रो चरणको मतदान शुरु हुँदै - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

सभापति चयन गर्न दोस्रो चरणको मतदान शुरु हुँदै



काठमाडौँ। नेपाली कांग्रेसको सभापति चयन गर्न दोस्रो चरणको मतदानको शुरु हुन लागेको छ। तीन बजे शुरु हुने भनिए पनि अझै शुरु भएको छैन। केही बेरमै शुरु हुने निर्वाचन समितिले जनाएको छ।

मतदानको समय साँझ साढे ७ बजेसम्मका लागि तोकिएको छ। मतदान स्थलमा उम्मेदवारद्धवय शेरबहादुर देउवा, र शेखर कोइराला पुगेका छन्। दोस्रो चरणको मतदानमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ।

पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले पनि स्पष्ट बहुमत अर्थात् ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि दोस्रो चरणमा धकेलिएको हो।

पहिलो चरणमा प्रधानमन्त्री एवं निवर्तमान सभापति देउवाले २ हजार २५८ मत प्राप्त गरेका थिए। सभापतिका अर्का प्रत्याशी डा. कोइरालाले १ हजार ७०२ मत प्राप्त गरेका थिए।

यस्तै प्रकाशमान सिंहले ३७१ र विमलेन्द्र निधिले २५० मत प्राप्त गरे भने सभापतिका पाँचौँ प्रत्याशी कल्याण गुरुङले भने २२ मत मात्रै प्राप्त गरे। दोस्रो चरणको मतदानमा धेरै मत ल्याउने देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुँदै छ।

सभापतिको दौडबाट बाहिरिएका अन्य तीन जनाले भने देउवालाई समर्थन गरेका छन्। सोमवार मध्यरातसम्म चलेको मतदानमा ४ हजार ७४३ मध्ये ४ हजार ६७९ जनाले मतदान गरेका थिए।