वुहानमा फेरि भेटिन थाले संक्रमित: दोश्रो महामारीको सङ्केत - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

वुहानमा फेरि भेटिन थाले संक्रमित: दोश्रो महामारीको सङ्केत



एजेन्सी- चीनको वुहानमा ५ सातामा पहिलो पटक कोरोना भाइरस संक्रमित फेला परेका छन्।

भाइरस नियन्त्रण भएको भनिएको दक्षिण कोरिया र जर्मनीमा पनि संक्रमितको संख्या बढेको छ। यसले भाइरसको दोस्रो लहर सुरु भएको हो कि भन्ने चिन्ता देखिएको छ।

चीनमा शनिबार १४ जना नयाँ संक्रमित फेला परेको अधिकारीहरुले जनाएको छ।

तीमध्ये १२ स्थानीय संक्रमण भएको जनाइएको छ। १२ मध्ये ११ जना उत्तरपूर्वी जिलिन प्रान्तमका छन्।

दक्षिण कोरियामा ३४ नयाँ संक्रमित फेला परेका छन्। यो एक महिनायताकै एक दिनमा भेटिएको ठूलो संख्या हो।

जर्मनीको रोबर्ट कोक इन्स्टिच्युटले एक संक्रमितले भाइरस सार्ने दर (रिप्रोडक्सन रेट) बढेर १.१ पुगेको बताएको छ।