मुख्यमन्त्री डोरमणि पौडेलले दिए राजीनामा: अब अष्टलक्ष्मी मुख्यमन्त्री
काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजिनामा दिएका छन् । यसलगत्तै अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने प्रक्रिया सुरू भएको छ ।
डोरमणि पौडेलले एमाले प्रदेश सभा संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा गरेका छन् र उनको स्थानमा अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरिएको छ।
हेटौंडामा जारी बैठकमा पौडेलले नेताबाट राजीनामा दिएको र शाक्यलाई दलको नेता चयन गरिएको एमाले प्रदेश सभा सदस्य रचना खड्काले नेपाल लाइभलाई बताइन्। शाक्य अब बाग्मतीको मुख्यमन्त्री बन्नेछिन्।