ट्रम्पबिरुद्ध बिल वेल्ड राष्ट्रपतिको उम्मेद्वार : को हुन् उनि ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ट्रम्पबिरुद्ध बिल वेल्ड राष्ट्रपतिको उम्मेद्वार : को हुन् उनि ?



वासिङ्टन– रिपब्लीकन पार्टीका तर्फबाट सन् २०२० को अमेरिकी राष्ट्रपतिका लागि बिल वेल्डले उम्मेदवारी दिएको घोषणा गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प नै रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवार हुने तयारी भइरहेका समयमा बिल वेल्डले उम्मेदवारी घोषणा गरेका हुन् । उनले पार्टीभित्रैबाट ट्रम्पलाई चूनौती दिएका छन् ।

विपक्षी डेमोक्र्याटिक पार्टीका तर्फबाट १८ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । अमेरिकी म्यासाचुसेट्स राज्यका ७३ वर्षीय पूर्व गभर्नर बिल वेल्डले ट्विट गर्दै आफूले उम्मेदवारी दिएको बताए ।

राष्ट्रपति ट्रम्प पार्टीभित्र निकै लोकप्रिय भएकाले बिल वेल्डले पार्टीका तर्फबाट उम्मेदवारी पाउने सम्भावना कम छ । तर यस उम्मेदवारीले पार्टीभित्र निराशा रहेको प्रष्टै देखिएको छ । रिपब्लीकन पार्टीभित्र ट्रम्पले विपक्षीमाथि जथाभाबी आलोचना गर्ने गरेको, रुसी राष्ट्रपतिसँग साँठगाँठ गरेको तथा भर्जिनियामा गोरा राष्ट्रवादीले गरेको आक्रमणप्रति नरम व्यवहार गरेको आरोप लगाइने गरेको छ ।

वेल्डको उम्मेदवारीबारे जारी भिडियो सन्देशमा ‘अमेरिकासँग विकल्प छन् र एउटा अझ राम्रो अमेरिका बनाउने अवसर हाम्रासामु छ ।’ सन् १९९१ देखि १९९७ सम्म गभर्नर हुँदा वेडले म्यासाचुसेट्स राज्यमा सन्तुलित बजेट ल्याएको, कर कटौती गरेको, भ्रष्टाचारमाथि कारबाही गरेको तथा जनकल्याणका कार्यहरुमा सुधार ल्याएको भन्दै उच्च प्रशंसा हुने गरेको छ । –एएफपी