एक लाख व्यक्तिको क्षतिले अमेरिकालाई खासै फरक पार्दैन: डोनाल्ड ट्रम्प - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

एक लाख व्यक्तिको क्षतिले अमेरिकालाई खासै फरक पार्दैन: डोनाल्ड ट्रम्प



एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक लाख व्यक्तिको क्षतिले अमेरिकालाई खासै फरक नपार्ने बताएका छन् । अमेरिकामा कोरोना संक्रमणको भयावह स्थिति भैरहेका बेला ट्रम्पले यस्तो बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले आफ्नो देशमा कोरोना भाइरसका कारण एक लाखभन्दा कम मानिसको मृत्यु हुने भन्दै यो कुनै ठुलो क्षति नभएको र यसले खास फरक नपर्ने बताएका हुन् ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी मानिसको मृत्यु भएको देश अमेरिकामा हालसम्म ६७ हजार पाँच सयभन्दा बढीको मृत्यु भइसकेको छ। यसैबीच ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन् ।

कोरोनाका कारण अहिले अमेरिकामा भयावह स्थिति देखिएपनि सोचेजति क्षति नहुने उनको भनाई छ । तर त्यहाँका स्वास्थ्य अधिकारीले भने कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या यकिन गर्न नसकिने बताइरहेका छन्।

त्यहाँका स्थानीय क्षेत्र, डाक्टर, सुरक्षा निकायमा स्वास्य उपकरणमा कमी आइरहेको भन्दै अमेरिकामा राष्ट्रपतिको चर्को आलोचना भइहरेको छ। अमेरिकाका कोरोना भाइरस कार्यबलका एक जना डाक्टर डेबोरा बिक्र्सले भने राष्ट्रपति ट्रम्पभन्दा बेग्लै आँकडा प्रस्तुत गरेका थिए।

उनले अमेरिकामा कोरोना भाइरसकै कारण करिब एक लाखदेखि दुई लाख ४० हजारको मानिसको मृत्यु हुन सक्ने अनुमान गरेका थिए। साथै उनले अहिले भइरहेको लकडाउन र व्यवस्था परिवर्तनमा कडाइ नगरी यस्तै छोडिदिए अमेरिकामा मात्र मर्नेको संख्या १५ देखि २२ लाखसम्म हुने अनुमान गरेका छन्।