कैलालीको टीकापुरमा डल्फिन महोत्सव - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

कैलालीको टीकापुरमा डल्फिन महोत्सव



कैलाली । कैलालीको टीकापुरमा डल्फिन महोत्सव हुने भएको छ । विश्वमै दुर्लभ डल्फिन संरक्षण र त्यसको प्रचारप्रसारका लागि महोत्सव आयोजना हुन लागेको हो । यही भदौ २८ देखि ३० गतेसम्म कैलाली होटल व्यवसायी संघको आयोजनामा महोत्सव हुन लागेको हो ।

जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा पर्ने पथरैया, काँडा र मोहना नदीको दोभानमा महोत्सव हुन लागेको आयोजक कैलाली उद्योग व्यवसायी संघले धनगढीमा मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । जल सतह बढेका बेला सहजरुपमा देखिने डल्फिनको संरक्षण गर्न महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए । ‘संसारकै दुर्लभ मानिने स्तनधारी जन्तु डल्फिन कैलालीका नदीमा देखा पर्दछ’ अध्यक्ष शाहीले भने । ‘त्यसको प्रचारप्रचारका लागि महोत्सव हुन लागेको हो ।’

‘डल्फिन संरक्षण संवद्र्धन तथा पहिचान, पर्यटन विकासको अभियान’ भन्ने नाराका साथ तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा डल्फिन अवलोकन गर्न पाइने, कर्णाली नदीमा जलयात्राको व्यवस्था र स्थानीय संस्कृति झल्कने प्रस्तुति गरिने छ । महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

आन्तरिक तथा वाह्य पर्यटकहरु भित्र्याउन यस प्रकारका महोत्सवले टेवा पुग्ने महोत्सव प्रचारप्रचार उप–समितिका संयोजक तेजबहादुर बोहराले बताए । पर्यटन बर्ष २०२० लाई पनि यस प्रकारको महोत्सवको पर्यटक भित्र्याउनमा सहयोग पुग्ने आयोजकले जनाएको छ । फाइल तस्बिर :