तिब्बतमा पहिरो जाँदा तामाकोशी नदी थुनियो: सतर्क रहन प्रशासनको आग्रह - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

तिब्बतमा पहिरो जाँदा तामाकोशी नदी थुनियो: सतर्क रहन प्रशासनको आग्रह



काठमाडौं । तिब्बतमा पहिरो जाँदा तामाकोशी नदी थुनिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

दोलखा प्रशासनले शुक्रबार राति पौने १० बजे सूचना जारी गर्दै जतिसुकैबेला तामाकोशी नदी विस्फोट हुनसक्ने चेतावनी दिएको छ । उसले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सजगता अपनाइ सुरक्षित स्थानमा रहन समेत आग्रह गरेको छ ।

प्रशासनले नेपाल–चीन क्षेत्रमा रहेको टिङ्ग्री काउन्टीको रोङ्गछिया शहर र सो आसपासमा भारी वर्षा भएर पहिरो आउँदा नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको जनाएको छ ।

तामाकोशीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुनसक्ने देखिएकाले सम्पूर्ण स्थानीयलाई सजक रहन र खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ ।