दोलखा नेकपामा पहिरो : दर्जनौं नेता कार्यकर्ता काङ्ग्रेसमा प्रवेश - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

दोलखा नेकपामा पहिरो : दर्जनौं नेता कार्यकर्ता काङ्ग्रेसमा प्रवेश



दोलखा । दोलखाको शैलुङ गाउँपालिकाको नेकपामा पहिरो गएको छ । दर्जनौं नेता र कार्यकर्ता काङ्ग्रेसमा प्रवेश गरेका छन्  । काङ्ग्रेस दोलखाले जागरण अभियान अन्तर्गत प्रत्येक स्थानीय तहहरुमा संगठन विस्तार गर्ने अभियानमा काङ्ग्रेस प्रवेश गरेका हुन्  ।

काङ्ग्रेस को राष्ट्रिय जागरण अभियान अन्तर्गत काङ्ग्रेस शैलुङ गाउँपालिकाले आयोजना गरेको बृहत भेला मार्फत लामालाई सभापतिमा निर्वाचित गरिएको हो ।

यस्तै शैलुङ गाउँपालिकाको काङ्ग्रेस सभापतिमा दावा दोर्जे लामा निर्वाचित भएका छन् । लामा दोलखाका पूर्व पार्टी सभापति समेत हुन् ।

काङ्ग्रेस दोलखाले जागरण अभियान अन्तर्गत प्रत्येक स्थानीय तहहरुमा संगठन विस्तार समेत गर्दै आएको छ ।कार्यक्रममा ४४ नेकपाका नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरी काङ्ग्रेसमा प्रवेश गरेका छन् । दोलखाका प्रभावशाली काङ्ग्रेस युवा नेता एवम् अभियान संयोजक केशवराज चौलागाईको सभापतित्वमा भएको बृहत कार्यक्रममा उनीहरु काङ्ग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई केन्द्रीय सदस्य रामकृष्ण यादव, काङ्ग्रेस दोलखाका नेताहरु रुद्रबहादुर खड्का, ताराबहादुर कोइराला र बर्मा लामा लगायतले पार्टीमा स्वागत गरेका थिए ।

काङ्ग्रेस ले दोलखा सदरमुकाम चरिकोटमा शुक्रबार जेठ २४ गते वृहत कार्यक्रम गर्ने जनाएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्माको विशेष आतिथ्यतामा बृहत कार्यक्रम हुन लागेको दोलखा काङ्ग्रेस ले जनाएको छ ।

सदरमुकाम चरिकोटमा हुने कार्यक्रममा हजारौँको संख्यामा कार्यकर्ता उतार्ने तयारी रहेको भिमेश्वर नगरपालिकाका नगर संयोजक ईश्वरनारायण मानन्धरले जानकारी दिएका छन् ।  ।