रङ्गशालामा डोजर चलाउनेलाई मुद्दा, तीन वर्ष जेल - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

रङ्गशालामा डोजर चलाउनेलाई मुद्दा, तीन वर्ष जेल



काठमाडौँ । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा डोजर चलाउने मुख्य व्यक्ति प्रकाश कँडेलसहित तीन जना विरुद्ध आपरिक उपद्रो सम्बन्धी मुद्धा दर्ता गरिएको छ ।

उनीहरुलाई जिल्ला अदालत चितवनमा मुद्धा दर्ता गरि ७ दिनको म्याद लिएर थुनामा राखिएको चितवन प्रहरीले जनाएको छ । यस ऐनको धारा २८५ अुनसार कसुर प्रमाणित भएमा अभियुक्तलाई ३ वर्षसम्म जेल, ३० हजार जरिवाना र क्षतिपुर्ति भराउने सजाय हुनेछ ।

रंगलशामा डोजर लगाएको घटनाको सर्वत्र विरोध भैरहेको छ । गृहमन्त्री बादलका निकट कार्यकर्ता समेत रहेका उनलाई पार्टीले कारवाही गरिसकेको छ ।

धुर्मुस–सुन्तली फाउन्डेशनले स्थानीयसँग छलफल नगरी स्थानीयको जग्गा अतिक्रमण गरेर बाटो बनाउन खोजेपछि कँडेलको समूहले बुधबार बिहान रंगशालाको बार भत्काए थिए ।