कांग्रेस र नेकपा कार्यकर्ताबीच दोहोरो  झडप - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

कांग्रेस र नेकपा कार्यकर्ताबीच दोहोरो  झडप



महेन्द्रनगर । कञ्चनपुरमा खानेपानी मन्त्री बीना मगरलाई कालो झण्डा देखाउन खोज्दा कांग्रेस कार्यकर्ता र नेकपा कार्यकर्ताबीच दोहोरो  झडप हुँदा २ जना घाइते भएका छन्  ।

नेपाली कांग्रेस क्षेत्र नम्वर १ का सभापती गोपी प्रसाद उपाध्याय, तरुण दलका नेता राम खड्का, नेपाली काग्रेसकै कार्यकर्ता विक्रम चन्द कुटपिटबाट घाईते भएका छन्। घाईते मध्ये चन्दको उपचार सेती अस्पतालमा भईरहेको छ। धनगढी बाट गुण्डा बोलाएर आफुहरुमाथि आक्रमण गर्न लगाएको नेपाली कांग्रेस क्षेत्र नम्वर १ का सभापती उपाध्यायले आरोप लगाए।

नेपाली कांग्रेसका पुर्व क्षेत्रीय सभापती तथा नेपाली कांग्रेसका युवा नेता हरेन्द्र बिष्टका अनुसार मन्त्री मगरले जनताको काममा ध्यान नदिएको भन्दै केहि घण्टा चक्काजामको कार्यक्रम थियो।