कुकुरको जन्मदिन मनाउन शहरभरि होर्डिङबोर्ड, नेताहरूको खिल्ली उडाइयो - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

कुकुरको जन्मदिन मनाउन शहरभरि होर्डिङबोर्ड, नेताहरूको खिल्ली उडाइयो



भारतको मध्यप्रदेशको बेतुल जिल्लामा एक कुकुरको जन्मदिन मनाउन सडकभरि होर्डिङ बोर्ड लगाइएको छ ।

‘बफादार’ नामको उक्त कुकुरको जन्मदिन मनाउन धेरै दिनअघि देखि नै जताततै होर्डिङ बोर्ड लगाइएको भारतीय समाचार एजेन्सी आइएएनएसले जनाएको छ ।

बोर्डमा उक्त कुकुरको मात्र नभएर त्यसका साथीहरूकोसमेत नाम राखिएको थियो । दलबदलू, धोकेबाज, चापलुस, खुजली जस्ता नामहरू उक्त कुकुरका साथीहरूलाई दिइएको छ ।

यतिबेला बफादारको जन्मदिन मनाइएको विषय भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

समाजवादी पार्टीका जिल्लाअध्यक्षसमेत रहेका अनिल सोनीले भने, ‘कुकुरको जन्मदिन मनाउन गरिएको यो क्रियाकलापले नेताहरूलाई कटाक्ष गरिएको छ । ती नेताहरू जो चाप्लुसी गरेर ठूला मान्छेको अघि पछि घुम्ने गर्छन्, तिनीहरूलाई कटाक्ष गरेर जन्मदिन मनाइएको हो ।’