आन्दोलनरत डाक्टरहरुले लगाए सरकारलाई गम्भीर आरोप - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आन्दोलनरत डाक्टरहरुले लगाए सरकारलाई गम्भीर आरोप



नेपाल चिकित्सक संघले सरकारले चिकित्सा पेसालाई नै सार्वजनिक रुपमा मानमर्दन गर्न खोजेको आरोप लगाएको छ ।

संघले बीर अस्पतालमा कार्यरत सरकारी चिकित्सकहरुले गरेको विरोध कार्यक्रममा आज प्रहरी धरपकड र हातपात भएको भन्दै भत्सर्ना गरेको छ ।

चिकित्सक संघका महासचिव लोचन कार्कीले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारका जिम्मेवार व्यक्तिहरुले सार्वजनिक रुपमा चिकित्सा पेशालाई नै मानमर्दन गर्ने गरी अस्वाभाविक अभिव्यक्ति दिने, शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रेका चिकित्सकहरुलाई नै प्रहरी लगाई धरपकड गर्ने जस्ता क्रियाकलापलाई प्रसय दिएकोले चिकित्सकहरुलाई चिढाउने र सरकारी सेवाप्रति वितृष्णा पैदा गर्ने कार्य गरेको नेपाल चिकित्सक संघको ठहर छ’, ।

संघले चिकित्सकहरुको समायोजनका सम्बन्धमा धारणा बनाउन काठमाण्डु उपत्यकाभित्रका सरकारी अस्पताल, गैरसरकारी अस्पताल, निजी स्वास्थ्य संस्था, मेडिकल कलेज, विभिन्न विशेषज्ञ समाजका प्रतिनधिलगायत सरोकारवालालाई बिहीबार दिउसो २ः०० बजे छलफलका लागि बोलाउने निर्णय पनि गरेको छ ।

सरकारी चिकित्सक संघले समायोजनको विरोध गर्दै ६ दिनदेखि आन्दोलन गर्दै आएको छ ।

फाइल तस्विर