चितवनबाट चार जना डाक्टर पक्राउ - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

चितवनबाट चार जना डाक्टर पक्राउ



काठमाडौं- चितवनबाट चार जना डाक्टर पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई अवैध मृगौला प्रत्यारोपण गरेको अभियोगमा पक्राउ गरेको बताइएको छ ।

अवैध मृगौला प्रत्यारोपणबारे अनुसन्धान गर्न प्रहरीले चार डाक्टर पक्राउ गरेको स्रोतले बताएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले डाक्टरहरुलाई पक्राउ गरेको हो । अहिले उनीहरूलाई काठमाडौं ल्याइदै छ ।

प्रहरीले जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ गरेको छ।