मेडिसिटीका डाक्टर पक्राउमा प्रकृया पुगेन: डाक्टरहरू - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

मेडिसिटीका डाक्टर पक्राउमा प्रकृया पुगेन: डाक्टरहरू



काठमाडौं– डाक्टरहरूको संस्था जनरल प्राक्टिक्स एसोसिएसन अफ नेपालले मेडिसिटी अस्पतालका डाक्टर रोहितकुमार झाको पक्राउको बिरोध गरेका छन् ।

डाक्टरहरूले प्रचलित कानुन मिचिएको भन्दै बिरोध जनाएका हुन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै संस्थाका महासचिव डाक्टर सञ्जीव तिवारीले असुन्धानको प्रक्रिया नै गलत भएको जनाएका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘मेडिकल काउन्सिलले तोकेको विज्ञ चिकित्सकको संयोजकत्वमा बन्ने ५ सदस्यीय अनुसन्धान समिति गठन नगरी डाक्टर झालाई पक्राउ गरिनु कानुन मिचिनु हो, कानुनी राज्यको उपहास हुने गरी एक कर्मठ चिकित्सकलाई हिरासतमा राखिएकोमा हामी खेद प्रकट गर्दछौं।’

कार्यक्षेत्रमै एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका डाक्टर झाको अनुसन्धान प्रक्रियागत ढंगमा अघि बढाउन एसोसिएसनले सरकारसँग माग गरेको छ।

गत साता मेडिसिटी अस्पतालकै कार्यक्षमा एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा झा पक्राउ परेका थिए । मेडिसिटी अस्पतालले पनि डाक्टर झालाई बर्खास्त गरेको छ ।