तपाइँले चिन्ता गर्नु हुन्छ ? यी १२ समस्या पार्लान ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

तपाइँले चिन्ता गर्नु हुन्छ ? यी १२ समस्या पार्लान !



उखानै छ– चिन्ताले चितामा पुर्या‍उँछ । यद्यपि, चिन्ता आफैँमा रोग होइन ।  तर, यसले थुप्रै शारीरिक तथा मानसिक रोगलाई जन्म दिने भएकाले मानव स्वास्थ्यका लागि यो घातक मानिन्छ ।

डिप्रेसन निम्त्याउँछ

चिन्ता र तनाव कम गर्न अथवा व्यवस्थापन गर्न सकिएन भने यसले डिप्रेसन र साथै अन्य कडा खालका मानसिक रोग निम्त्याउँछ ।

रोग लगाउँछ

चिन्ता र तनाव लिने व्यक्तिमा उच्च रक्तचाप, मधुमेहजस्ता रोग लाग्ने जोखिम बढी रहेको विभिन्न अनुसन्धानले देखाएका छन् ।

यौनजीवन बिगार्छ

तनाव र चिन्ताका कारण शरीरभित्र उत्पन्न हुने रसायनले यौन उत्तेजना जगाउने रसायनलाई निस्तेज गरिदिन्छ, जसले गर्दा व्यक्ति यौनप्रति कम इच्छुक हुँदै जान्छ । चिन्ता लिने व्यक्तिको शरीरमा सेक्स हार्मोन टेस्टोस्टेरोनको मात्रा कम हुन्छ ।

कपाल झर्छ

चिन्ता लिँदा शरीरमा कोर्टिसोल नाम गरेको हार्मोन उत्सर्जन हुन्छ, जसले कपालका जरालाई कमजोर गरिदिन्छ र कपाल झर्न थाल्छ ।

दाँत बिगार्छ

चिन्ता बढी लिने व्यक्तिमा दाँत खिइने, गिजामा समस्या उत्पन्न हुने देखिएको छ ।

मुटु कमजोर बनाउँछ

चिन्ता लिँदा मुटुका मांसपेशी कमजोर हुन्छन् । स्टे«ेस हार्मोनले मुटुको धड्कन बढाउने र नसा संकुचित गरेर रक्तसञ्चारमा बाधा उत्पन्न गराउँछ । यस्ता व्यक्तिलाई हृदयाघात हुने जोखिम बढी हुन्छ ।

बूढो बनाउँछ

सधै चिन्तामा रहने व्यक्तिको शरीरमा नयाँ कोषिकाको विकास ढिलो हुन्छ, जसले गर्दा व्यक्ति चाँडै बूढो देखिन्छ । छालामा चाउरी पर्ने, मांसपेशी कमजोर हुने, आँखा कमजोर हुनेजस्ता बुढ्यौलीका संकेत चाँडै देखा पर्छन् ।

रोगप्रतिरोधी क्षमता घटाउँछ

चिन्ता लिइरहने व्यक्तिको शरीरमा रोगप्रतिरोधी क्षमता घट्न जान्छ, जसले गर्दा त्यस्ता व्यक्तिलाई रुघाखोकी, ज्वरोजस्ता रोग लागिरहन्छन् ।

जिनमा असर गर्छ

चिन्ता लिनाले मानिसको जिनमै बदलाव आउँछ । शरीरमा कति बोसो लाग्ने, रोगप्रतिरोधी क्षमता कस्तो हुने, बुढ्यौली कहिले सुरु हुने, क्यान्सर लाग्ने कि नलाग्ने भन्ने कुरा जिनले धेरै हदसम्म निर्धारण गर्ने गर्छ । चिन्ता लिने व्यक्तिको जिन यी स्वास्थ्य समस्या निम्त्याउने किसिमले ‘मोडिफाइड’ हुँदै जान्छ ।

दिमागमा असर गर्छ

चिन्ताले दिमागमा रहने हिप्पोक्यामस भन्ने भाग ‘ड्यामेज’ गरिदिन्छ । परिणामतः व्यक्तिको स्मरणशक्ति घट्छ ।

शरीरमा विकार बढाउँछ

चिन्ता लिँदा बोसो र चिनीयुक्त खानाप्रति आसक्ति बढ्न जान्छ, जसले शरीरमा विकार निरन्तर सञ्चय गर्दै लान्छ र शरीर विभिन्न रोगको घर बन्न पुग्छ ।

जीउ दुख्छ

चिन्ता र तनाव लिइरहने व्यक्तिको हड्डीमा खनिजकोे मात्रा घट्न जान्छ । निरन्तर चिन्ता लिने व्यक्ति जीउ दुख्ने समस्याबाट आक्रान्त हुँदै जान्छ ।

स्वास्थ्य खबर