मध्यरातमा दीपिका अमिर खानको घरमा भेटीएपछी
एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण सोमबार अबेर राति आमिर खानलाई भेट्न उनको घर गएको खबर यतिबेला चर्चाको विषय बनेको छ ।
लामो समयदेखि अभिनेत्री दीपिका पादुकोण आमिर खानको फिल्म ‘महाभारत’ मा द्रौपदीको भूमिका निर्वाह गर्ने खबर आइरहेको बेला उनी निर्देशक विक्रमादित्य मोटवानी र सिद्धार्थ रोय कपूरका साथ आमिर खानको घर गएकी थिइन् । अहिले यि तीनैजना आमिरको घर गएको खबरलाई विभिन्न अड्कलहरु गरिन थालिएको छ । दीपिका आमिरका साथ अब आउने फिल्मको विषयमा कुराकानी गर्न गएको हुन सक्ने पनि बताइएको छ ।
अहिलेसम्म दीपिका पादुकोण र आमिर खान एकसाथ फिल्ममा काम गरेका छैनन् । यदी दीपिकाले ‘महाभारत’ मा काम गर्ने भएमा आमिर र दीपिकाका फ्यानहरुलाई यो निकै उत्साहजनक हुनेछ । फिल्म ‘महाभारत’ आमिर खानको प्रोडक्शन हाउसमा बन्न लागेको हो । यो फिल्म एक हजार करोड रुपैयाँको लगानीमा बन्नेछ । आमिर खान र चाइनिज कम्पनी मिलेर यस फिल्मको निर्माण गर्ने तयारीमा छन् ।
You may be interested

भारतबाट उद्धार गरिएका १७९ नेपाली काठमाडौँ ल्याइयाे
विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०९:००काठमाडौँ । भारतकाे मणिपुर हुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजाने क्रममा उद्धार गरिएका १७९ जना काठमाडौँ ल्याइपुर्याइएकाे छ । मङ्गलबार…

अझै खुलेन नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार
विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०८:५२काठमाडौँ । नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार अझै खुल्न सकेको छैन । भेन्डर परिवर्तन गर्ने विषयमा नेपाल र मलेसियाबीच…

निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमान : प्रधानमन्त्री ओली
विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०८:४२कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्या प्रककरणले अन्तर्राष्ट्रिय तहमै नेपालको अपमान भएको बताएका छन् । घटनाको गहिरो…