उपराष्ट्रपतिका छोरा दिपेशको 'डनगिरी' - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

उपराष्ट्रपतिका छोरा दिपेशको ‘डनगिरी’



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनका कारण उनी चरम विवादमा आएका छन् । महाभारतमा हस्तिनापुरका राजा धृतराष्ट्रको पुत्र मोहका कारण छोरा दुर्योधनसहित कौरव बंशकै नाश भएको इतिहास छ । धृतराष्ट्रकै शैलीमा उपराष्ट्रपति पुनले छोरा दिपेशलाई छुट दिँदा पार्टी र आन्दोलनकै बदनाम भएको कुरा पूर्वमाओवादीभित्रै बहसको विषय बनेको छ ।

ललितपुरको टीकाभैरव, लेलेमा वन जंगल र खोला दोहन गरी ढुंगा र बालुवाका क्रसर सञ्चालन गर्दै आएको भनी विवादित दिपेश पुन मलेसियाको भेढडर हत्याउन लागेका थिए । मलेसिया जाने नेपाली कामदारको भिसा, पासपोर्टको काम गर्ने भीएलएनदेखि स्वास्थ्य परीक्षण गर्ने बायोमेट्रिक भेण्डरको परिवर्तनको खेलमा लागेको भनी चर्चामा आएका उनी त्यसमा सफल नहुने देखिएपछि अहिले उनी अलग भइसकेका छन् ।

मलेसिया भेण्डरको चक्करपछि दिपेश राजनारायन पाठकको घुस लिएको भिडियो प्रकरणमा मुछिएका छन् । पाठकको भिडियो खिच्ने ध्वज मोक्तानसँग उक्त भिडियो फुत्काउन दिपेशले कैलाश मगरलाई खटाएको अर्को भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा कैलाश मगरले पटक–पटक दिपेश र बुढाको नाम लिएका छन् । बुढा भनेको उपराष्ट्रपति नन्दबहादुर पुन र दिपेश भनेर उनले पटक–पटक नाम लिएका छन् ।

‘साँघु’ साप्ताहिकबाट ।