काम गर्ने वातावरण नभएको भन्दै सर्वोच्चबाट दीपकराज जोशीले दिए राजिनामा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

काम गर्ने वातावरण नभएको भन्दै सर्वोच्चबाट दीपकराज जोशीले दिए राजिनामा



काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले आफूले सर्वोच्च अदालतमा गएर काम गर्ने अवस्था नभएकोले राजीनामा दिन लागेको बताएका छन् । केही बेरअघि बाह्रखरीसँग कुरा गर्दै जोशीले आफूले राष्ट्रपति कार्यालयमा गएर राजीनामा दिन लागेको जनाए ।

आफ्नो चेम्बर नै हटाइएकोले काम गर्ने वातावरण नभएर राजीनामा दिन लागेको उनले जानकारी गराएका छन् । जोशीले आफूले राजीनामा दिन लागेको कुरा सर्वोच्च अदालतलाई जानकारी गराएका छन् ।

यसअघि प्रधानन्यायाधीशको सिफारिसमा परेका न्यायाधीश जोशीलाई संसदको सुनुवाइ समितिले अस्वीकार गरेको थियो । अहिलेका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा पदमा आएपछि उनलाई काम छोड्न शुरुमै आग्रह गरेका थिए । त्यसपछि उनको चेम्बर नै हटाइएपछि जोशी विदा बस्दै आएका थिए ।