मनाङेलाई जेल सजाय सर्बोच्चले सुनाएको छैन
सर्वोच्च अदालतले मंगरबार राजीव गुरुङ (दिपक मनाङे) को विषयमा कुनै फैसला नभएको बताएको छ ।
सर्वोच्चको इजलासले मनाङेको विषयमा कुनै निर्णय नगरेको अदालतको वेबसाइटमा उल्लेख छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
वादी प्रतिवादीका नाममा मनाङेको नाम नभए पनि कतिपय मिडियाले मनाङेलाई सर्वोच्चले ५ बर्ष जेल सजायको फैसला सुनाएको समाचार सम्प्रेषण गरेका थिए ।
सर्वोच्च अदालतका सञ्चाविज्ञ किशोर पौडेलले भने,
-मनाङेको विषय सर्वोच्चसँग जोडिएपनि मनाङेलाई नै अदालतले ५ बर्ष जेल सजायको फैसला सुनाएको छैन ।
-तत्कालिन पुनरावेदन अदालतले जेल सजाय सुनाएकाले त्यसैलाई नै स्वीकार्नुपर्छ ।