झनपछि झन् किन हुँदैछ यस्तो: दिनदिनै नयाँ रेकर्ड ? - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

झनपछि झन् किन हुँदैछ यस्तो: दिनदिनै नयाँ रेकर्ड ?



एजेन्सी- विश्व स्वास्थ्य संगठनले २४ घण्टामा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित फेला परेको जनाएको छ।

संगठनले बितेका २४ घण्टामा एक लाख ८३ हजार २० नयाँ संक्रमित फेला परेको जनाएको छ। यसमा ६० प्रतिशत संक्रमित दक्षिण अमेरिकाबाट भएको उसको भनाइ छ।

विश्वका थुप्रै मुलुकले लकडाउनलाई खुकुलो पार्दे गएको सन्दर्भमा यो तथ्यांक सार्वजनिक भएको हो।

यसअघि जुन १८ मा सबैभन्दा धेरै संक्रमित फेला परेका थिए। सो दिन १ लाख ८१ हजार २ सय ३२ संक्रमित पुष्टि भएका थिए।

हाल विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिकामा फेला परेका छन्। त्यहाँ २२ लाख ७९ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ।

अमेरिकापछि सर्वाधिक संक्रमित ब्राजिलमा रहेका छन्। हालसम्म ११ लाख बढी संक्रमित फेला परेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० नाघिसकेको छ।

यस्तै पछिल्लो विश्व विवरण अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ८९ लाख भन्दा बढी भइसकेको छ।

यसैगरी कोरोनाका कारण विश्वभर ४ लाख ६७ हजार बढी मानिसको मृत्यु भइसकेको छ।