३ हजार मत गन्दा देउवा समूहकी डिना ३२६ मतले अगाडि
काठमाडौं । कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा महिलातर्फ शेरबहादुर देउवा समूहकी महालक्ष्मी उपाध्याय ‘डिना’ले मतान्तर बढाउँदै लगेकी छन् । तीन हजार मत गणना हुँदा डिनाले १६५२ मत ल्याएका छन् ।
उनकी प्रतिद्वन्द्वी कोइराला समूहकी कमला पन्तले १३२६ मत ल्याएकी छन् । जुन डिनाभन्दा ३२६ मतले पछि हो ।
महिलातर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।