बर्खास्त भए वायुसेवा निगमलाई बेच्न खोज्ने डिमप्रकाश
काठमाडौं । नेपाल वायुसेवा निगमलाई निजी क्षेत्रलाई बेच्ने निर्णय गरेका विवादस्पद डिमप्रकाश पौडेललाई सरकारले वायुसेवा निगमको महाप्रवन्धक पदबाट बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पौडेललाई महाप्रवन्धक पदबाट बर्खास्त गरेको हो ।
नेकपा एमालेको केन्द्रीय विभागका सदस्यसमेत रहेका डिमप्रकाशकै नेतृत्वमा वायुसेवा निगमलाई निजी क्षेत्रलाई दिने निर्णय भएको थियो । उक्त निर्णयपछि निगमका कर्मचारीले आन्दोलित हुँदा डिमप्रकाश तीन महिनासम्म कार्यालय प्रवेश गर्नै पाएका थिएनन् ।
डिमप्रकाशलाई यसअघि संस्कृत, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । वर्तमान सरकार बने लगत्तै मन्त्रालयमा तानिएका पौडेललाई हटाउने प्रस्ताव पर्यटनमन्त्री प्रेम ओलेल मन्त्रिपरिषदमा पुर्याएका थिए ।