दिल्लीमा साँस्कृतिक कार्यक्रम:लोकदोहोरीका खुमन देखि सिओडी ब्याण्डका गायक बिधान आउने - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

दिल्लीमा साँस्कृतिक कार्यक्रम:लोकदोहोरीका खुमन देखि सिओडी ब्याण्डका गायक बिधान आउने



हिमाल पोस्ट /नयाँ दिल्ली,चैत्र २१ 

नेपाली भाषा,कला ,संस्कृतिलाई उजागर गर्ने उद्देश्यले भारतको राजधानी नयाँ दिल्लीको लक्ष्मीनगरमा नेपाली साँस्कृतिक कार्यक्रम हुने भएको छ ।नव वर्ष २०७४लाई स्वागत संगै साँस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।

बाँडेर खुशी, उत्साह र हर्ष – आऔं, सँगै नाचौ, मनाऔं नव वर्ष भन्ने उद्घोष सहित हातेमालो नेपाली विद्यार्थी समूहले अप्रिल ९ गतेको दिन लब्लि पब्लिक स्कुलको प्राङ्गण, लक्ष्मीनगरमा कार्यक्रम भएको छ।

उक्त कार्यक्रममा दार्जिलिंगको ख्याति प्राप्त ब्याण्ड मन्त्र ब्याण्ड, सिओडी ब्याण्डका गायक बिधान प्रधानको साँस्कृतिक प्रस्तुति रहने छ ।नेपाली संस्कृतिलाई उजागर गर्न नेपाली लोक दोहोरी क्षेत्रका ख्याति प्राप्त गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको समेत उपस्थिति रहने जानकारी संस्थाका उपाध्यक्ष जगदीश्वर थापाले जानकारी दिए। यसका साथ साथै भारतमामा रहेका स्थानीय नेपाली कलाकारको पनि  प्रस्तुति रहने छ।

कार्यक्रममा हातेमालो नेपाली विद्यार्थी समुहले नयाँ वर्ष २०७४ को क्यालेण्डर समेत विमोचन गर्ने भएको छ। कार्यक्रम भब्य र सभ्य बनाउनको लागि संस्थाका सबै जना लागि परेको र नेपाली सिए विद्यार्थीहरु लगायत दिल्लीमा रहने सम्पुर्ण नेपालीहरुलाई मनोरञ्जनको लागि सबैले परिश्रम गरिरहेको संस्थाका अध्यक्ष सरोज सापकोटाले जानकारी दिए।

हातेमालो नेपाली विद्यार्थी समुहले समय समयमा यस्ता कार्यक्रम लक्ष्मीनगरमा गर्दै आएको छ । गत बर्ष पनि समूहले नयाँ बर्षको अवसरमा दिल्लीमा सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको थियो ।