दिल्लीमा पृथ्वीनारायण शाहको सालिक राख्ने भारतीय सांसदको घोषणा - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

दिल्लीमा पृथ्वीनारायण शाहको सालिक राख्ने भारतीय सांसदको घोषणा



दिल्ली,२२ चैत 

 

नेपाल सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसको हैसियत दिन अस्वीकार गरिरहँदा भारतका एकजना सांसद तथा पत्रकारले दिल्लीस्थित नेपाली दूतावासअगाडिको बाह्रखम्बा चोकमा पृथ्वीनारायण शाहको प्रतिमा स्थापना गर्ने अभियान प्रारम्भ गर्ने घोषणा गरेका छन् ।  भारतीय जनता पार्टीका सांसद तथा पत्रकार तरुण विजयले पृथ्वीनारायण शाह नेपाल एकीकरणका नायकसँगै ‘हिन्दु सम्राट’ रहेको र उनको यथेष्ट सम्मानस्वरूप दिल्लीमा प्रतिमा स्थापित हुनुपर्ने सुझाव सहित आफूले त्यस्तो अभियान सुरु गर्ने घोषणा गरेका हुन् ।यो खबर आजको अन्नपूर्ण पोस्टमा छ।

बीपी कोइराला नेपाल–भारत फाउन्डेसनको सहयोगमा काठमान्डु विश्वविद्यालय र भारतको माखनलाल चतुर्वेदी विश्वविद्यालयद्वारा राजधानीमा सोमबार संयुक्त रूपमा आयोजित नेपाल–भारत सम्बन्धबारे सेमिनारमा तरुण विजयले त्यस्तो घोषणा गरेका हुन् । पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दुस्थान भएको घोषणा गरेका थिए ।

उक्त अभियानबारे दिल्लीस्थित नेपाली राजदूत दीप उपाध्याय र नेपालका केही मन्त्रीसँग पनि छलफल गरेको उनले बताए । हिन्दुत्व समर्थक पाञ्चजन्यका सम्पादकसमेत रहिसकेका तरुण विजयले नेपालमा विक्रम संवत् र देवनागरी लिपिको चलनचल्ती रहेकोमा खुसी समेत व्यक्त गरे ।