दिल्ली विधानसभा चुनाव: केजरीवाललाई दुई तिहाइ, भाजपा पत्तासाफ र कांग्रेसको छ सिट - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

दिल्ली विधानसभा चुनाव: केजरीवाललाई दुई तिहाइ, भाजपा पत्तासाफ र कांग्रेसको छ सिट



काठमाडौं- दिल्लीमा हुने विधानसभा चुनावमा मोदीको पार्टी भाजपा पत्तासाफ हुने ओपनियन पोलले देखाएको छ ।

भारतीय निर्वाचन आयोगले फेब्रुअरी ८ मा दिल्ली विधानसभाको चुनाव हुने घोषणा गरेको छ।

आयोगले फेब्रुअरी ८ मा निर्वाचन हुने र त्यसको तीन दिनपछि मतगणना हुने जनाएको छ।

निर्वाचनको मिति घोषणा हुने वित्तिकै सिभोटरले सार्वजनिक गरेको ओपनियन पोलमा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको आम आद्मी पार्टी (आप) अत्याधिक बहुमतका साथ पुन दिल्लीको सत्तामा पुग्ने देखाएको छ।

सीभोटरका अनुसार निर्वाचनमा आपले ५४ देखि ६४ सीट जित्ने छ। प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले ३ देखि १३ स्थानसम्म जित्ने अनुमान गरेकोछ ।

त्यसैगरी कांग्रेसले बढीमा ६ स्थान जित्ने देखाएको छ। कांग्रेसको खाता खाेल्नै नसक्ने अवस्था पनि हुन सक्ने जनाएको छ।

सन् २०१५ मा भएको चुनावमा कांग्रेसले एक स्थान पनि जितेको थिएन। केही स्थानमा मात्रै दोस्रो स्थानमा आएको थियो।

सिभोटरले जनवरीको पहिलो साता दिल्ली विधानसभाको ७० वटै निर्वाचन क्षेत्रका १३ हजार ७६ मतदातामा सर्वेक्षण गरेको जनाएको छ।

भारतमा हुने यस्ता पोलले धेरैपटक गरेको सर्वेक्षण हुबहु मिलेका छन् ।

यधपी एकाध सर्वेक्षणको नतिजा उल्टो पनि आएको छ ।