निर्मला काण्ड : डिल्लीराज विष्टको बयान सकियो, अब के हुन्छ ?
कन्चनपुर । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याको प्रमाण नस्ट गरेको र अभियुक्तलाई यातना दिएको अभियोग लागेका तत्कालीन एसपी डिल्लीराज विष्टको बयान बुधबार सकिएको छ ।
कन्चनपुर जिल्ला अदालतमा मंगलबार र बुधबार बयान लिइएको हो ।
बयान लिने कार्य सकिएपछि बुधबार थुनछेक बहस सुरु भएको र थुनछेक बहस शुक्रबार पनि हुने जिल्ला अदालत कन्चनपुरका स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए ।
जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासमा भइरहेको बहसमा जिल्ला न्यायाधिवक्ता देवराज भारती र सहन्यायाधिवक्ता मोहन जोशी तथा विष्टको तर्फबाट अधिवक्ता कृष्णदेव जोशीले बहस गरेका थिए ।