दिल्लीमा दुई चेलीको उद्दार ,विदेश लैजाने बहानामा अनेक यातना - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

दिल्लीमा दुई चेलीको उद्दार ,विदेश लैजाने बहानामा अनेक यातना



हिमाल पोस्ट /नयाँ दिल्ली

नेपलको त्रिवेणी गाबिस सल्यान वाड न .९ निवासी दिपा बोहोरा र सलिना विश्वकर्मा चितवान मंगलपुर नगरपालिका वाड न.१७  निवासीलाई सुरेन्द्र नाम गरेको व्यक्तिले (नवलपरासीको बिशाल चोकमा  प्रकाश होटलमै घुमिरहने)  विदेश लैजाने भनेर  भारतको नयाँ दिल्लीमा ल्याएर अनेक यातना दिई बन्दि बनाएको अवस्थामा उनीहरु भाग्न  सफल भएका छन  ।

उनीहरुले तेहाबाट भागेपछि घरमा आफन्तीलाई फोन सम्पर्क पछी नयाँ  दिल्लीको पहाडगंज्मा होटल व्यवासायी एवंम् नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रका उपाध्यक्ष अर्जुन धरेल मार्फत भारत स्थित नेपाली राजदूतावासमा जनाकारी गराएका छन्  ।साथै उनीहरुले सुरेन्द्र चितवन (बिशाल चोक प्रकास होटलमा)र प्रेम बालाजु  काठमान्डौ घर भएका यी दुवै जनालाई कारवाहीको माग पनि गरेका छन्  ।

सलिनालाई भने आफ्ना आफन्तीले जिम्मा लिएका छन भने दिपालाई दूतावासले जिम्मा लिएको ब्यवसायी धरेलले हिमल पोस्टलाई जनाकारी दिनु भएको छ ।