दिगो विकासका लागी सहकार्य आवश्यक  - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

दिगो विकासका लागी सहकार्य आवश्यक 



धन बहादुर बिक / पुनर्वास,कञ्चनपुर ।
क्षमता ज्ञान सीपको प्रयोग गरि एकअापसमा समन्वय गरे मात्र नगरपालिकामा समुल विकास सम्भव रहेको मंगलवार अायोजित एक कार्यक्रम लाई सम्बोधन गर्दै पुनर्वास नगरपालिकाका नगरप्रमुख जिवनराज थापाले जोड दिए ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नारा सहित सञ्चालित चारदिने नेतृत्व विकास तथा व्यवस्थापन मा थप सुदृढीकरण तालिम को समापन कार्यक्रममा नगर प्रमुख थापाले सो कुरा बताएका हुन । थापाले भने पुनर्वास नगरपालिका लाई सबैभन्दा राम्रो र नमुना नगरपालिका बनाउन नगरमा सरोकार रहने सबैको सोंचमा सकारात्मक विचार अाउनु जरुरी छ । जनप्रतिनिधि ले मात्रै केही गर्न सक्दैनन् । पुनर्वास का ४३ वटा सहकारी का अध्यक्ष , सचिव , पदाधिकारी , व्यवस्थापक गरि एक सय ३ जना सहभागी कार्यक्रममा नगरप्रमुख थापाले भने विकास को मेरूदण्ड भनेको अार्थिक नै हो र सहकारी का लागि सबैको सहकार्य अावस्यक हुने तर्क दिंदै पुनर्वासमा रहेको सहकारी विकास का लागि नगरपालिका बाट जस्तोसुकै सहयोग गर्न अाफु तत्पर रहेको पनि थापाले बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्ड केन्द्रीय सञ्चालक सदस्य भरतबहादुर बिष्टले भने पुनर्वासको सहकारी ले निकै फड्को मारिसकेको छ र यश क्षेत्र को सहकारी लाई थप उर्जा दिन एबं किसान हरूको जिबनस्तर माथि उठाउन सहकारी विकास बोर्ड बाट सक्दो सहयोग गर्ने बताए ।

नगरस्तरिय सहकारी समन्वय समिति को अायोजनामा तथा पुनर्वास नगरपालिका को अार्थिक सहयोगमा भएको कार्यक्रम का सभापति संस्थाका अध्यक्ष शंकर बहादुर केसी रहेका थिए भने प्रमुख अतिथि नगरप्रमुख जिवनराज थापा रहेका थिए बिशिस्ट अतिथि मा राष्ट्रिय सहकारी विकास बोर्ड सञ्चालक सदस्य भरतबहादुर बिष्ट रहेका थिए । उक्त तालिमका प्रमुख प्रशिक्षक माधव प्रशाद जोसी रहेका थिए ।

कार्यक्रम को सञ्चालन पुनर्वास सहकारी संस्थाका व्यवस्थापक तथा नगरस्तरिय सहकारी समन्वय समितिका सचिव एक कुमार श्रेष्ठले गरेका थिए ।