चुनावको मुखैमा ५ डीआईजी सरुवा, कसलाई कहाँ पठाइयो? - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

चुनावको मुखैमा ५ डीआईजी सरुवा, कसलाई कहाँ पठाइयो?



स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) सरुवा गरेको छ ।

जस अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट मुकुन्द राज आचार्य प्रहरी प्रधान कार्यालय कार्य विभाग निर्देशनालयमा सरुवा भएका छन्।

त्यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयकी पूजा सिंह बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा पुगेकी छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका पुरुषोत्तम कँडेल केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जमा सरुवा भएका छन्।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट उमेश रञ्जितकारलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरिएको छ।

त्यसैगरी बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रकाशजंग कार्कीलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, अपराध अनुसन्धान निर्देशनालयमा सरुवा गरिएको छ।

यीमध्ये बागमती प्रदेश प्रहरी प्रमुख प्रकाशजंग कार्की, पुरुषोतम कँडेल र उमेश रञ्जितकार यही वैशाख १९ गते अवकाश हुँदैछन्।

सिआईबी र कार्य विभागका डीआईजी यसअघि एआईजीमा बढुवा भएदेखि रिक्त थिए।