डिएगो कोस्टा प्रतिबन्धित - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

डिएगो कोस्टा प्रतिबन्धित



म्याड्रिड-  स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका स्ट्राइकर डिएगो कोस्टालाई ८ खेलको प्रतिबन्ध लगाइएको छ। कोस्टालाई ला लिगाका ८ खेलमा प्रतिबन्ध लगाइएको हो।

कोस्टालाई गत आइतबार बार्सिलोनाविरुद्धको खेलमा रेफ्रीमाथि अपशब्द बोलेको ठहर गर्दै प्रतिबन्ध लगाइएको हो। सो खेलमा एट्लेटिकोमाथि बार्सिलोनाले २-० को जित हात परेको थियो।

खेलको पहिलो हाफमा रेफ्रीमाथि अभद्र व्यवहार गरेका कोस्टलाई रातो कार्ड देखाइएको थियो। ३० वर्षीय स्ट्राइकर कोस्टाले रेफ्री जेसस गिल मन्जानोसँग ठूलो स्वरमा कराएका थिए भने उनलाई समातेका थिए। जसका कारण उनलाई २८ मिनेटमा रातो कार्ड दिइएको थियो।

लिगमा अब सात खेल बाँकी रहेको अवस्थामा कोस्टाले अब सिजनका सबै खेल गुमाउनेछन्।